नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।
बुधबार अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउण्ड, स्विस फ्रैङ्कको भाउ घट्दा अष्ट्रेलियन डलरको भाउ बढेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसा तोकिएको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिद मूल्य १३२ रूपैयाँ ७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६७ पैसा थियो।
यस्तै युरोपियन युरो आज ६९ पैसाले घटेको छ। बुधबारको खरिदमूल्य १४१ रूपैयाँ ४६ पैसा र बिक्रीदर १४२ रूपैयाँ ११ पैसा कायम गरिएको छ। मंगलबार यसको खरिददर १४२ रूपैयाँ १५ पैसा र बिक्रीदर १४२ रूपैयाँ ७९ पैसा थियो।
यस्तै, बेलायती पाउण्डको खरिददर १५८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रूपैयाँ ८ पैसा तोकिएको छ। यसअघि मंगलबार यसको खरिददर १५८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५९ पैसामा कारोबार भएको थियो।
यस्तै स्विस फ्रैंङ्क १ को खरिददर १४२ रूपैयाँ ४३ पैसा र खरिददर १४३ रूपैयाँ १८ पैसा तोकिएको छ। यो पनि मंगलबारको तुलनामा केही रकम घटेको हो।
त्यसैगरी, अष्ट्रेलियन डलरको मूल्य ५२ पैसाले उकालो लागेर यसको खरिदमूल्य ९१ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ९३ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर ९१ रूपैयाँ र बिक्रीदर ९१ रूपैयाँ ४१ पैसामा कारोबार भएको थियो ।
बुधबार क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ३७ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८२ पैसा तोकिएको छ।
यस्तै सिंगापुर डलर १ को खरिददर ९९ रूपैयाँ ५७ पैसा र बिक्रीदर १०० रूपैयाँ २ पैसा तोकिएको छ।
यसैगरी कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३० पैसा छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिददर ३५ रूपैयाँ ९५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ११ पैसा तोकेको छ। यस्तै मलेसियन रिंगिट एकको खरिददर ३० रूपैयाँ ६८ पैसा र बिक्रीदर ३० रूपैयाँ ८२ पैसा तोकेको छ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ७४ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ७० पैसा तोकिएको छ।
हेर्नुहोस् विनिमयदर