बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६३ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ३३ पैसा घटेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ ८३ पैसा र बिक्रीमा ९२ रुपैयाँ २५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८८ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ २५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रुपैयाँ २९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १० पैसा र बिक्रीदर ३५ रुपैयाँ ३६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३० रुपैयाँ ६४ पैसा र बिक्रीमा ३० रुपैयाँ ७८ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ९७ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ९३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५० रुपैयाँ ९८ पैसा तोकिएको छ।