नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
शुक्रबार अमेरिकी डलरसँगै युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा थियो। यो मूल्य अघिल्लो दिनको २ पैसा बढेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसा पाइन्छ।
बिहीबार युरो एकको खरिदमा भने १४१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५३ पैसा बढेको हो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रूपैयाँ ३ पैसा र बिक्रीदर १६० रूपैयाँ ७६ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९२ रूपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ३० पैसा र बिक्रीमा ९८ रूपैयाँ ७५ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १२ पैसा र बिक्रीमा ३६ रूपैयाँ २९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ ५२ पैसा र बिक्रीमा ३० रूपैयाँ ६६ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ६ पैसा तोकिएको छ।