ङादी ग्रुप पावरले लाभांश घोषणा गरेको छ।
कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले ४.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश दिने भएको हो।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगमी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
त्यस्तै, प्रस्तावित उक्त लाभांश पारित गर्न कम्पनीले फागुन २५ गते साधारण सभा बोलाएको छ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने तयारी गरेको छ।
फागुन ९ गतेसम्म कायम सेयरधनीहरूले मात्र उक्त लाभांश पाउनेछन्।