जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष भने कम्पनीले २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो।
गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।