एभरेष्ट बैंकले बैंकिङ सेवाहरू प्रदान गर्ने कायर्हहरू स्वाचालित प्रणालीमा लैजानको लागि क्विक फक्स कन्सल्टिङसँग सम्झौता गरी रोबोटिक प्रोसेस अटोमेशनको यात्रा सुरू गरेको छ।
निरन्तर रूपमा सबल हुन, प्रतिस्पर्धी रहन र ग्राहकहरूलाई विशिष्ट सेवा प्रदान गर्ने उद्देश्यले अटोमेशनको यात्रा सुरू गरेको बैंकले बताएकाे छ।
बैंकले प्रदान गर्ने सेवाहरूमा रहेका अधिकांश प्रक्रियाहरू दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पूरा गर्न धेरै मानव संशाधनहरू समावेश गर्नुपर्ने र मानविय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरू समेत ढिलो र त्रूटीपूर्ण हुन सक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको हो।
बैंकमा हालसम्म १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन्।
बैंकले १२३ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।