साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २३.६० अंकले घटेको छ।
यस दिन नेप्से १.१४ प्रतिशतले घटेर २०४६.८१ बिन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन अर्थात् बिहीबार १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर आज १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ पुगेको छ।
सोमबार २५८ वटा धितोपत्रको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर किनबेच भएको हो।
सोमबार राप्ति हाइड्रोको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य ३७६ रुपैयाँ २० पैसा पुगेको छ।
यस्तै, दोर्दी खोला जलविद्युतको सेयर मूल्य ४.१७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३१२ रुपैयाँ ५० पैसा पुगेको छ।
यस दिन सर्वाधिक मूल्य घट्नेमा जीवन विकास लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ९.१५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २ हजार ४६३ रुपैयाँमा झरेको छ।
यस्तै, उपकार लघुवित्तको सेयर मूल्य ७.४२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २ हजार १६० रुपैयाँ कायम भएको छ।
यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता २ हजार ३९० रुपैयाँमा २० करोड ८२ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.३१ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा साल्ट ट्रेडिङ कर्पोरेशन रहेकोे छ। उक्त कम्पनीको ४ हजार ४९४ रुपैयाँमा ११ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक ०.७९ र ०.४० प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३.२० प्रतिशतले घटेको छ।