मंगलबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १८ पैसा घटेको हो।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ११ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७५ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५८ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ १५ पैसा र बिक्रीमा ९१ रुपैयाँ ५६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ १२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ८१ पैसा र बिक्रीमा २९ रुपैयाँ ९४ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ९९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९८ पैसा तोकिएको छ।