आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता सम्पन्न भएको छ।
सम्झौता अनुसार मेटलाइफ इन्स्योरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण बापतको शुल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्नेछन्।
सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन्।