बुधबार नेप्से परिसूचक ३३.५७ अंकले बढेको छ।
यस दिन नेप्से १.६४ प्रतिशतले बढेर २०८०.३८ बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन अर्थात् सोमबार १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर आज १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँ पुगेको छ।
बुधबार २६९ वटा धितोपत्रको ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर किनबेच भएको हो।
बुधबार लिवर्टी इनर्जीको सेयर मूल्य सर्वाधिक ९.८० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य २८८ रुपैयाँ पुगेको छ।
यस्तै, छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ९.५६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३६८ रुपैयाँ पुगेको छ।
यस दिन सर्वाधिक मूल्य घट्नेमा आदर्श लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ९१७ रुपैयाँमा झरेको छ।
यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य ७.८५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १५१ रुपैयाँ ९० पैसा कायम भएको छ।
यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता २ हजार ४०६ रुपैयाँमा १३ करोड २७ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.६७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा जीवन विकास लघुवित्त रहेको छ। उक्त कम्पनीको २ हजार ३४० रुपैयाँमा ४ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक १.३८ र ०.१५ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यस दिन जलविद्युत समूहको परिसूचकमा लगानीकर्ताको उच्च आकर्षण रहेको छ। उक्त समूहको परिसूचक सर्वाधिक ३.८५ प्रतिशतले बढेको छ।
यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक ३.०७ प्रतिशतले बढेको छ।
यसैगरी, विकास बैंक, वित्त, लगानी र निर्जीवन बीमा समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढेको हाे।