बैंकमा खाता किन खोल्ने? सामान्यतयाः पैसा बचत गर्न, त्यसबाट ब्याज लिन र चाहिँदाका बखत ऋण लिन। आम मानिसको बैंकमा खाता खोल्नुको बुझाइ यही हो।
तर, बैंकमा खाता खोल्नु भनेको पैसा बचत, ब्याज र ऋणमामात्र सीमित छैन। मुलुकमा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरूले खाता खोल्दा केही न केही थप सुविधाहरू दिइरहेका छन्।
ग्राहकले बैंक खाता खोल्नुअघि कुन बैंकले कस्तो सुविधा र सेवा दिइरहेका छन् भनेर अध्ययन गर्न आवश्यक छ। हतार हतारमा जुन पायो त्यही बैंकमा खाता खोल्दा आफूले पाउनु पर्ने विभिन्न सुविधाहरूबाट बञ्चित हुन सकिन्छ।
ग्राहकले बैंकमा खाता खोल्नुअघि विभिन्न बैंकले उपलब्ध गराएका सेवा र सुविधाहरू के के छन् भनेर अध्ययन गर्नु आवश्यक छ।
वाणिज्य बैंकहरूले उपलब्ध गराएका सेवाहरूमध्ये सबैभन्दा उत्कृष्ट सेवा यस बैंकबाट पाइने बैंकको दाबी छ।
बैंकले सर्वश्रेष्ठ बचत खाता ल्याएको छ। यो खातामा उपलब्ध गराएका सेवा सुविधाहरू अन्य बैंकका कुनै पनि खातासँग तुलना गरे सबैभन्दा उत्कृष्ट पाइने बैंकको भनाइ छ।
एउटै खातामा ८४ लाखसम्मको बीमा, पाँच वर्षसम्म नि:शुल्क सेवा, सस्तो ब्याजमा ऋण, सेभिङ एकाउन्टमा नै फिक्स डिपोजिटको ब्याज, घरमा बसिबसी सुविधा, जेष्ठ नागरिकलाई घरमै सेवा, डिजिटल कारोबार, अनलाइन सपिङ गर्दा क्यासब्याक र छुट लगायतका सेवाहरू यस बैंकमा उपलब्ध रहेको बैंकले बताएको छ।
एनआइसी एशिया बैंकमा किन खोल्ने खाता? यी हुन् १२ कारण :
१. ८४ लाखको बीमा सुविधा
ग्राहकहरूलाई समस्या पर्दा साथीको रुपमा सहयोग गर्न भनेर ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ। त्यसैले त एनआइसी एशिया बैंक भनेको बैंक ‘पनि साथी पनि’ भन्ने भनाइ छ।
सर्वश्रेष्ठ एम्बेसडर बचत खाता खोल्ने कुनै पनि सेवाग्राहीबिरामी परेर उपचार गर्नु परेमा, अस्पताल भर्ना हुनु परेमा, ठूलो घातक रोग लागेमा वा कुनै दुर्घटनामा परेमा बैंकले ८४ लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ।
यो बीमामध्ये दुर्घटनामा परि उपचार गर्न परेमा, अशक्त भएमा वा मृत्यु भएमा ४० लाख रुपैयाँसम्मको दुर्घटना बीमा उपलब्ध गराइने छ।
त्यस्तै, दीर्घ रोग लागेमा पनि ग्राहकहरूले उपचारको लागि ४० लाख रुपैयाँसम्मको बीमा पाउनेछन्।
२. पाँच वर्षसम्म निःशुल्क सेवा
यस बैंकको सर्वश्रेष्ठ बचत खातामा विभिन्न सेवा र सुविधाहरू पाँच वर्षसम्म निःशुल्क प्रयोग गर्न पाइन्छ।
सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले एटिएम, डेबिट कार्ड, क्रेडिट कार्ड पाँच वर्षको लागि निःशुल्क प्रयोग गर्न पाउँछन्।
३. एउटा खातामा ४ जनालाई बीमा सुविधा
ग्राहकले एउटा सर्वश्रेष्ठ एम्बेसडर खाता खोलिसकेपछि थप तीन जनाले यो बीमा सुविधा पाउनेछन्। उक्त ग्राहकले आफ्नै परिवारका तीन सदस्य वा आफ्ना तीन साथीहरुलाई यो बीमा सुविधा उपभोग गर्न पाउने गरी रिफर गर्न सक्छन्।
४. सस्तो ब्याजमा ऋण लिन
बैंकको सर्वश्रेष्ठ बचत खाता खोल्दा ग्राहकले अन्य बैंकमाभन्दा सस्तो ब्याजदरमा ऋण लिन सक्नेछन्।
सर्वश्रेष्ठ बचत खाता खोलेर कर्जा लिँदा ब्याजदर र प्रशासनिक शुल्कमा विशेष छुट र सुविधा पाउनेछन्। यस खातामा तीन महिनाको औसत ब्यालेन्सको दश गुणा बराबरको ऋण लिन सकिन्छ। यसलाई पूर्व स्वीकृति कर्जा पनि भनिन्छ ।
यस्तो ऋणको बेस रेटमा लाग्ने प्रिमियम शुल्क १ प्रतिशत र यसको प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र हुनेछ।
५. घरमै बसिबसी कारोबार गर्न
बैंकले बैंकिङ कारोबारलाई घरबाटै गर्न सकिनेगरी अटोमेसन गरिरहेको छ। ‘डिजिटल्ली फस्ट बैंक’को अवधारणालाई आत्मसात गर्दै बैंकले हरेक कारोबार ग्राहकको सुविधाअनुसार जहाँबाट पनि गर्न सक्ने बनाएको छ।
६. स्विप–इन/स्विप–आउटको सुविधा
सर्वश्रेष्ठ एम्बेसडर बचत खाता खोल्दा पाइने अर्को महत्वपूर्ण सुविधा हो स्विप–इन/स्विप–आउट। स्विप–इन/स्विप–आउट भनेको बचत खातामा रहेको रकम फिक्स डिपोजिटमा स्वत परिवर्तन हुनु हो।
यस खातामा न्यूनतम २ लाख रुपैयाँको ब्यालेन्स भएपछि त्यसभन्दा धेरै रकम डिपोजिट गरेमा त्यो रकम दश हजारका दरले फिक्स डिपोजिटमा जान्छ र त्यसबाट फिक्स डिपोजिट बराबरको ब्याज आउँछ।
७. जेष्ठ नागरिक सुविधा
बैंकले ५५ वर्षदेखि माथिका ग्राहकहरूलाई घरमै बंैकिङ सुविधा उपलब्ध गराउँदै आएको छ।
ग्राहकले पैसा झिक्ने वा डिपोजिट गर्न घरमै बैंकका कर्मचारी पुग्ने छन्। ति कर्मचारीले पैसा झिक्न वा डिपोजिट गर्न समेत सहयोग गर्नेछन्। खातावाला बैंक वा एटिएमसम्म पुग्नु पर्दैन।
यो सुविधा एक ग्राहकले महिनामा ५ पटकसम्म उपभोग गर्न सक्नेछन्। यस्तो सुविधा लिन खातामा कम्तीमा १० लाख रुपैयाँ बैंक ब्यालेन्स हुुनुपर्छ।
८. प्रिभिलेज बैंकिङ
हरेक ग्राहकले बैंकिङ सेवा उचित समयमै पाउनु अधिकार हो। बैंकले ग्राहकलाई तोकेको समयावधि भित्रै सेवा सुविधा उपलब्ध गराउने सत प्रतिशत सुनिश्चितता गरेको छ।
बैंकले छिटोछरितो सेवा पाउने भनेर समय तोकिदिएको छ तर यदि बैंक आफैले तोकेको समय सीमाभित्र सेवा नदिएमा ग्राहकलाई क्षतिपूर्ति दिने घोषणा पनि बैंकले गरेको छ।
९. थोरैदेखि धेरै कर्मचारी भएको कार्यालयका तलब खाता खोल्न
बैंकले सानादेखि ठूला कार्यालयहरूमा काम गर्ने कर्मचारीलाई विशेष सुविधा दिन भनेर पेरोल बचत खाता ल्याएको छ।
यो खाता ५० जनाभन्दा कमकर्मचारी भएका साना कार्यालयदेखि हजारौं कर्मचारी भएका ठूला कार्यालयले आफ्ना कर्मचारीको लागि खाता खोलिदिन सक्छन्।
यो सुविधा उपलब्ध गराउन बैंकले चार प्रकारका बचत खाताहरू सञ्चालनमा ल्याएको छ। ५० भन्दा कम कर्मचारी भएको संस्थाले आफ्ना कर्मचारीको लागि जेनेरल खाता खोल्न सक्छन्।
५० देखि ४४९ जना कर्मचारी भएका कार्यालयहरुले पार्टनर अफ एन आई सी एशिया तलब बचत खाता खोल्न सक्छन् भने ५०० देखि ४९९९ जना कर्मचारी भएको कार्यालयले आफ्ना कर्मचारीहरुको लागि द प्राइड अफ एन आई सी एशिया खाता खोल्न सक्छन्।
५००० भन्दा माथि कर्मचारीहरु भएको कम्पनीले गुडविल एम्बेसडर खाता खोल्न सक्ने बैंकले जनाएको छ।
१०. निःशुल्क आइपिओ भर्न
बैंकले आइपिओ भर्ने ग्राहकलाई निःशुल्क रूपमा यसको सुविधा दिइरहेको छ।
बैंकको डिम्याट र मेरो सेयर खाता खोल्दा र यसको सेवा लिँदा कुनै पनि शुल्क लाग्दैन।
११. ५० प्रतिशत छुटमा पोर्टफोलियो सुविधा
बैंकले आफ्नो सहायक कम्पनीमार्फत पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस (पिएमएस) मा ५० प्रतिशत छुट उपलब्ध गराएको छ।
पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस (पिएमएस) भनेको बैंकमा खाता भएका कुनै पनि ग्राहकको पैसालाई उपयुक्त ठाउँहरु जस्तो कि सेयर बजार, म्युचुअल फण्ड, बन्ड, मुद्दती खातामा लगानी गरेर ग्राहकलाई थप आम्दानी प्रदान गर्ने सेवा हो।
१२. निःशुल्क लकर सुविधा लिन
बैंकमा सुन, गरगहना, हिरा, मोति जस्ता बहुमुल्य वस्तु तथा सर्टिफिकेट, मार्कसिट, लालपूर्जा लगायतका सामग्री निःशुल्क राख्ने सुविधा छ।
बैंकले लकर मार्जिनमा १०० प्रतिशत छुट दिएको छ। यो सुविधा ५ वर्षसम्मको लागि निःशुल्क उपलब्ध छ।