एभरेष्ट बैंकले आज (बिहीबार) भक्तपुरको कमलविनायकमा १२४औं शाखा उद्घाटन गरेको छ।
बैंकले देशका विभिन्न गाउँ तथा शहरहरूमा रहेका ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यले उक्त शाखा उद्घाटन गरेको हो।
उक्त शाखाको उद्घाटन भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले संयुक्त रुपमा गरेका हुन्।
उक्त उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, भक्तपुर चेम्बर अफ कमर्सको तर्फबाट चाँगुनारायण नगर चेम्बरका अध्यक्ष गोकुल प्रसाद प्रजापती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो।
सो उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कमलविनायक र सो आसपासका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन्।
यो सँगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४५ पुगको बैंकले बताएको छ।
यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहकहरू रहेका छन्।
बैंकले १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट सेवा प्रदान गर्दै आइरहेको छ।