ज्योति विकास बैंकको १५औं वार्षिक साधारण आइतबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा उक्त सभा सम्पन्न भएको हो।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर तथा ३.८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
३ प्रतिशत बोनस सेयर पारित गरेपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ पुगेको बैंकले बताएको छ।
सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ।
यस्तै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।
साथै, सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।