सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
आइतबार एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९८ पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिदमा भने १३९ रुपैयाँ ८५ पैसा र बिक्रीमा १४० रुपैयाँ ४९ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो ५१ पैसा घटेको हो।
त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५७ रुपैयाँ ८२ पैसा र बिक्रीमा १५८ रुपैयाँ ५४ पैसा पाइन्छ।
आइतबार पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६४ पैसा तोकिएको थियो।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रुपैयाँ २६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५० पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ७८ पैसा र बिक्रीमा २९ रुपैयाँ ९२ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ २३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ १८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ २ पैसा तोकिएको छ।