सोमबार नेप्से परिसूचक ३.६५ अंकले घटेको छ।
यस दिन नेप्से ०.१८ प्रतिशतले घटेर २०२३.५४ बिन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँमा सीमित भएको छ।
सोमबार २५९ वटा धितोपत्रको ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच भएको हो।
सोमबार स्वाभिमान लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.७३ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य एक हजार ४८९ रुपैयाँ पुगेको छ।
यस्तै, सामलिङ पावरको सेयर मूल्य ९.३५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५८० रुपैयाँ पुगेको छ।
यस दिन सर्वाधिक मूल्य घट्नेमा राप्ति हाइड्रो रहेको छ। उक्त कम्पनीको सेयर मूल्य सर्वाधिक ६.४३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३६५ रुपैयाँमा झरेको छ।
यस्तै, सिवाइसी नेपाल लघुवित्तको सेयर मूल्य ५.३३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ६०० रुपैयाँ कायम भएको छ।
यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता २ हजार २९० रुपैयाँमा ६ करोड ६८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.७२ प्रतिशत घटेको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ८१२ रुपैयाँमा ५ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशतले घटेको छ।
यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशतले बढेको छ।