मंगलबार अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १३ पैसा बढेको हो।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३९ रुपैयाँ ६९ पैसा र बिक्रीमा १४० रुपैयाँ ३२ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५९ रुपैयाँ १६ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८९ रुपैयाँ २२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७१ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ १ पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ५३ पैसा र बिक्रीमा २९ रुपैयाँ ६६ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ३७ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३५ पैसा तोकिएको छ।