समिट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी १४औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष भने कम्पनीले २५.२९ प्रतिशत लाभांश वितरण गरेको थियो।