साहसिक पर्यटनका लागि लोकप्रिय रहेको कम्पनी द क्लिफ नेपालको परिसरमा प्रभु बैंकको एटिएम सेवा सुरू भएको छ।
सोमबार द क्लिफका निर्देशक युवराज जोशीले एक समारोहकाबीच उक्त एटिएम उद्घाटन गरेका हुन्।
एटिएम उद्घाटनमा क्लिफका प्रतिनिधिहरूका साथमा प्रभु बैंकका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
एटिएम उद्घाटन गर्दै निर्देशक जोशीले पर्यटकहरूको सहजताका लागि एटिएम सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले सहकार्यका लागि प्रभु बैंकलाई धन्यवाद समेत दिएका थिए।
द क्लिफमार्फत राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा जीपलाइन, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ।
पछिल्लो समय द क्लिप साहसिक पर्यटनको मुख्य गन्तव्यको रूपमा आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा परिरहेको छ।