साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक २६.४७ अंकले घटेको छ। यस दिन नेप्से १.३३ प्रतिशतले घटेर १,९६९.०२ बिन्दुमा बन्द भएको हो।
केही दिन यता नेप्से लगातार ओरालो लागिरहेको छ। अघिल्लो दिन पनि नेप्से परिसूचक २४.४४ अंकले घटेर १,९९५.४९ विन्दुमा पुगेको थियो।
बिहीबार २५६ वटा ऋणपत्र तथा धितोपत्रको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९ सय ६४ रुपैयाँ ७० पैसाको कारोबार भएको छ।
२५६ वटा धितोपत्रमध्ये १९ वटाको मूल्य बढेको छ भने १९४ वटाको मूल्य घटेको छ। त्यस्तै ३ धितोपत्रको मूल्यमा भने यस दिन स्थिरता देखिएको हो।
बिहीबार सबैभन्दा धेरै बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ४.२९ प्रतिशत र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ४.०२ प्रतिशतले मूल्यमा वृद्धि भएको हो।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ८ करोड १२ लाख ८६ हजार ८५४ रुपैयाँको कारोबार भएको हो। त्यस्तै शिवम् सिमेन्ट लिमिटेडको ६ करोड ३ लाख ५ हजार २६३ रुपैयाँ र एनआइसी एशिया बैंकको ४ करोड ३७ लाख २९ हजार ६४९ रुपैयाँको सेयर कारोबार भएको छ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको भने सबैभन्दा धेरै ७ प्रतिशतले सेयर मूल्य घटेको छ।
बजारमा लाभांश सिजन लगभग सकिएको, बैंकिङ प्रणालीमा पनि तरलता सहज नभइसकेको, लघुवित्त कम्पनीहरूको लाभांशमा पनि राष्ट्र बैंकले थप कडाई गरेका कारण बजारले सकारात्मक उर्जा प्राप्त गर्न सकेको छैन।
मुलुकको बाह्य अर्थतन्त्रमा सुधार आएपनि आन्तरिक अर्थतन्त्रमा सुधार आउन सकेको छैन। दातृ निकाय अन्तर्राष्ट्रिय मुद्रा कोषहरूले हालै नेपालको अर्थतन्त्र अझै जोखिमबाट बाहिर आइनसकिरहेको बताइरहेका छन्। यिनै विवध कारणले सेयर बजारलाई टेवा पुग्न सकेको छैन।