शुक्रबार युरोपियन युरोको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारको लागि एक युरोको खरिददर १३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६१ पैसा तोकिएको छ।
बिहीबार युरोको खरिददर १४० रुपैयाँ ५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६९ पैसा रहेको थियो।
आज एक डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४५ पैसा तोकिएको छ।
त्यसै गरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ६८ पैसा र बिक्रीमा ८९ रुपैयाँ ८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९७ रुपैयाँ २८ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३६ रुपैयाँ ६ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रुपैयाँ ४६ पैसा र बिक्रीमा २९ रुपैयाँ ६० पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ३४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ३० पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ३१ पैसामा किनबेच भएको छ।