स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेड र माछापुच्छ्रे बैंकवीच सम्झौता भएको छ।
बैंकले सञ्चालन गरेको रेमिट्याप वालेटमा स्मार्ट क्युआरमार्फत् भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको हो।
सम्झौता पत्रमा स्माट च्वाइस टेक्नोलोजिज् लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरे।
यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने विश्वास लिइएको छ।
सम्झौतापछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्यापमार्फत् स्मार्ट क्युआर मर्चेन्टहरूलाई भुक्क्तानी गर्न सक्नेछन्।