ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप्लिकेसन तथा क्युआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ।
यो योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइने बैंकले जनाएको छ।
यस योजनाअन्तर्गत २०७९ सालको होली पर्व अर्थात् फागुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत ग्राहकहरूले 'जिआइबिएल-आफ्नो मनपर्ने रङको नाम' लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (एक सय ५० रुपैयाँसम्म) क्यासब्याक पाउनेछन्।
बैंकले समय–समयमा यस्ता योजनाहरू सार्वजनिक गर्दै ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लावान्भित गर्दै आएको छ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३ सय ६४ शाखा कार्यालय, ३ सय ६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सनबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।