एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झापाको धुलाबारीमा एक सयवटा डस्टबिन वितरण गरेको छ।
उक्त समुदायको विद्यालयको सरसफाई तथा विधार्थीहरूलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उदेश्यका साथ ९ वटा सामुदायिक विद्यालयमा डस्टबिन वितरण गरिएको हो। कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्त संस्थाले सहजीकरण गरेको थियो।
कार्यक्रममा बैंकको तर्फबाट क्षेत्र प्रमुख नरेन्द सुवेदी, वरिष्ठ व्यापार प्रबन्धक प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिती थियो। साथै, खानेपानी कार्यलयबाट अध्यक्ष अजय घिमीरे लगायत अन्य पदाधिकारीको समेत उपस्थिति थियो।
एनएमबि बैंकले विगत २६ वर्षदेखि बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ। यो नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो।
बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।