शुक्रबार अमेरिकी डलरको मूल्य घटेको छ। राष्ट्र बैंकबाट जारी विनिमयदरमा एक डलरको खरिददर १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा तोकिएको छ।
बिहीबार एक डलरको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा तोकिएकोमा १३ पैसाले सस्तिएको हो।
शुक्रबारका लागि एक युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा तोकिएको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ५० पैसा र बिक्रीदर १५६ रुपैयाँ २१ पैसा तोकिएको छ।
त्यसै गरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९५ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ९० पैसा र बिक्रीमा ९५ रुपैयाँ ३३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रुपैयाँमा तीन पैसा पाइन्छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ दुई पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ९५ पैसा र बिक्रीमा २९ रुपैयाँ आठ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ७३ पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७१ पैसामा किनबेच भएको छ।