सेयर बजार परिसूचक नेप्से फेरि यसअघिको नजिकको न्यूनतम विन्दु निकट आइपुगको छ।
दुई दिनमा करिब ५१ अंक गुमाएर नेप्से परिसूचक १९५१ विन्दुमा आइपुगेको छ।
नेप्सेको लागि हालको नजिकको न्युनतम विन्दु १९३८ छ। केही दिनअघि यही विन्दुसम्म पुगेर नेप्से फर्किएको थियो।
अहिले पनि मुलुकको आन्तरिक आर्थिक अवस्थामा सुधार नआएकोले बजारमा आकर्षण बढ्न नसकेको हो।
बजारमा कारोबार रकम समेत घटेको छ। यसदिन एक अर्ब १६ करोड रूपैयाँको कारोबार भएको हो।
यसदिन कारोबारमा आएका २५६ धितोपत्र तथा ऋणपत्रमध्ये ३६ वटाको मूल्य बढेर कारोबार भएको छ। २०८ वटाको मूल्य घटेको छ।
शुभम पावरको मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेर ३८७ पुगेको छ। खप्तड लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.६२ प्रतिशतले घटेको छ।
एनआइसी एशिया र शिवम सिमेन्टको सबैभन्दा धेरै रकमको कारोबार भएको छ।
यी कम्पनीहरूको सेयर कारोबार क्रमशः ६ करोड २४ लाख रूपैयाँ र पाँच करोड ६८ लाख रूपैयाँ बराबर भएको छ।
कारोबारमा आएका सबै समूहगत परिसूचक घटेका छन्।