विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्यले एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि 'क्युआरमा रू. १००० बोनस' अफर लिएर आएको छ।
बैंकमा खाता खोलिसकेका मर्चेन्टहरू तथा नयाँ मर्चेन्टहरूले एक हजार रुपैयाँभन्दा माथिको क्युआरमर्फत पहिलो भुक्तानी गर्दा एक हजार नै बोनस जित्ने मौका पाउनेछन्।
यो योजना फागुन १५ गतेदेखि सुरू भएको छ। यो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा सही अकाउन्ट हुन जरुरी छ।
एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो।
एनएमबि बैंकले हाल देशभर रहेको आफ्नो २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।