एनएमबी बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमको १६ जना खेलाडीहरूलाई २१-२१ हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
बैंकले खेलाडीहरूलाई सम्मान र हौसला स्वरुप उक्त पुरस्कार दिने भएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरू राष्ट्रका गौरव भएको बताउँदै सम्मान र हौसला प्रदान गर्ने उद्देश्यले पुरस्कार दिने बताए।
सन् २०१९ देखि सुरू भएको यस विश्व क्रिकेट लिग–२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल बिहीबार फाइनल म्याचमा युएआइसँग भिड्दैछ।
आजको खेलमा जित हात पारेमा नेपाल सिँधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ जसमा नेपालले पहिलो-पटक विभिन्न टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पनि पाउँनेछ।
यो नगद पुरस्कारले खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ।