भुक्तानी सेवा प्रदायक इसेवाले ‘बैंक ट्रान्स्फर बाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्बजनिक गरेको छ।
यस अफरअन्तर्गत इसेवाका ग्राहकले इसेवा एकाउन्ट मार्फत बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्ने मौका पाउँनेछन्।
यस अफरमा बैंक ट्रान्स्फर गर्दा डबल क्यासब्याक पाउनुका साथै हङकङ घुम्न जाँदा दोहोरो टिकट जित्न सकिनेछ।
अफर योजना चैत्र ३० गतेसम्म सञ्चालन हुन कम्पनीले बताएको छ। यस योजनामा सहभागी हुन योजना अवधिभर कम्तीमा दुईपटक बैंक ट्रान्स्फर गरेको हुनुपर्नेछ।
इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढी ग्राहकलाई एपमार्फत सेवा प्रदान गरिरहेको छ।
इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। हाल एक लाख ८५ हजारभन्दा बढी एजेन्ट नेटवर्कमार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ।