पछिल्लो एकसाता लगातार बढेको डलरको मूल्य अहिलेसम्मकै महंगो बिन्दु नजिक पुगेको छ।
आज थप २२ रुपैयाँले महंगिएपछि एक डलरको खरिददर १३२ रुपैयाँ आठ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा तोकिएको छ।
राष्ट्र बैंकबाट जारी विनिमयदर अनुसार बिहीबार एक डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा तोकिएको थियोे।
नेपाली रुपैयाँको तुलनामा डलरको अधिकतम बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसासम्म पुगेको छ।
आज एक युरोको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ८४ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ नाै पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा तोकिएको छ।
त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८८ रुपैयाँ १९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५० पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँमा ३४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रुपैयाँ ३३ पैसा र बिक्रीमा २९ रुपैयाँ ४६ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ १९ पैसा र बिक्रीमा ४३२ रुपैयाँ १४ पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २७ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८६ पैसा किनबेच भएको छ।