डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ निर्वाचित भएका छन्।
श्रेष्ठ सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्।
एसोसिएसनको आज (शुक्रबार) चितवनमा सम्पन्न १७औं वार्षिक साधारण सभाले कार्य समितिका पदाधिकारीहरू चयन गरेको हो।
समितिको अध्यक्षमा सुयोग श्रेष्ठ, उपाध्यक्षमा बोधराज देवकोटा, सचिवमा राम कुमार गिरी र कोषाध्यक्षमा नरेश सिंह बोहरा चयन भएका छन्।