आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले '५ को ५' नामक नयाँ अफर सार्वजनिक गरेको छ।
चैत्र १ देखि १५ गतेसम्म लागू यस अफरमा ग्राहकहरुले विभिन्न माध्यम, जस्तै लिंक गरेको बैंकको खाताबाट, एम-बैंकिङ वा इ-बैंकिङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिटेन्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तीमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुले सामसङ ग्यालेक्सी बड्स २ जित्ने मौका पाउने कम्पनीले जनाएको छ।
यसका साथै, हरेक दिन कम्तीमा १ पटक सोही माध्यमहरूबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले एक हजार रुपैयाँ जित्ने मौका पनि पाउनेछन्।
सो रकम विजेताको वालेटमा लोड हुनेछ।
यो अफर ग्राहकलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात् लोड मनी गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ गरिएको कम्पनीको भनाइ छ।