ग्लोबल आइएमई बैंकले दराजबाट १ रुपैयाँमा सामसङ ग्यालेक्सी एम४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत बैंकका ग्राहकहरुले भिषा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैयाँ खर्च गरेर सामसङ ग्यालेक्सी एम४ मोबाइल फोन जित्न सक्नेछन्।
दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यस योजना आज (आइतबार) देखि ११ गतेसम्म ७ दिनका लागि मान्य रहने बैंकको भनाइ छ।
यस योजनाको अन्त्यमा बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ।
छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसङ ग्यालेक्सी एम४ मोबाइल फोन पाउने बैंकले बताएको छ।
बैंकका अनुसार यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (इ–कमर्श)लाई प्रवर्द्धन गर्नु हो।
बैंकले ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्ष रुपमा लावान्भित गर्दै आएको छ।
बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।