सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
आइतबार एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिदमा भने १४० रुपैयाँ १९ पैसा र बिक्रीमा १४० रुपैयाँ ८२ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो ४१ पैसा बढेको हो।
त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६० रुपैयाँ ४८ पैसा र बिक्रीमा १६१ रुपैयाँ २१ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ९ पैसा र बिक्रीदर ३५ रुपैयाँ २५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ३८ पैसा र बिक्रीमा २९ रुपैयाँ ५२ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ९८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ९४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५१ रुपैयाँ १७ पैसा तोकिएको छ।