साताको दास्रो कारोबार दिन अर्थात् सोमबार नेप्से परिसूचक २२.६५ अंकले बढेको छ।
यस दिन नेप्से १.१८ प्रतिशतले बढेर १९४९.०६ बिन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८ रुपैयाँ पुगेको छ।
सोमबार २५८ वटा धितोपत्रको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर किनबेच भएको हो।
सोमबार युनिक नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
यसदिन उक्त कम्पनीको सेयरमूल्य एक हजार ९४१ रुपैयाँ पुगेको छ।
यस्तै, न्यादी हाइड्रोपावरको सेयरमूल्य ७.७३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३५२ रुपैयाँ ६० पैसा पुगेको छ।
यसैगरी, सर्वाधिक मूल्य घट्नेमा सपोर्ट लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयरमूल्य सर्वाधिक ५.३६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९०० रुपैयाँमा झरेको छ।
यस्तै, स्वावलम्बन लघुवित्तको सेयरमूल्य ४.७२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९७० रुपैयाँ कायम भएको छ।
यस दिन आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३९४ रुपैयाँमा ७ करोड ६३ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३ प्रतिशत घटेको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ७३८ रुपैयाँमा ६ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ३.६४ प्रतिशतले बढेको छ।