बुधबार नेप्से परिसूचक १५.७६ अंकले घटेको छ।
यस दिन नेप्से ०.८१ प्रतिशतले घटेर १९३३.२९ बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँ पुगेको छ।
बुधबार २६६ वटा धितोपत्रको ३७ लाख ७७ हजार ४०० कित्ता सेयर किनबेच भएको हो।
बुधबार माया खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
यसदिन उक्त कम्पनीको सेयरमूल्य २९२ रुपैयाँ पुगेको छ।
यस्तै, सापोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य ६.११ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९५५ रुपैयाँ पुगेको छ।
यसैगरी, सर्वाधिक मूल्य घट्नेमा बोटलर्स नेपाल (तराई) रहेको छ। उक्त कम्पनीको सेयरमूल्य सर्वाधिक ७.६२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ११ हजार ७३२ रुपैयाँमा झरेको छ।
यस्तै, सानिमा ग्रोथ फण्डको इकाइ मूल्य ५.८५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ८८ पैसा कायम भएको छ।
यस दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६४९ रुपैयाँ ९० पैसामा ९ करोड १९ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.५३ प्रतिशत घटेको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ७२३ रुपैयाँमा ८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले घटेको छ।