नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९३ पैसा कायम गरिएको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ६३ पैसा घटेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ ८१ पैसा र बिक्रीमा १४३ रूपैयाँ ४६ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ १९ पैसा र बिक्रीमा ८८ रूपैयाँ ५९ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रूपैयाँ ३४ पैसा र बिक्रीदर १६२ रूपैयाँ ८ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ १९ पैसा र बिक्रीमा ९६ रूपैयाँ ४४ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ८ पैसा र बिक्रीमा ३६ रूपैयाँ २४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रूपैयाँ १२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ९२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ७३ पैसा र बिक्रीमा २९ रूपैयाँ ८६ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ८ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रूपैयाँ २२ पैसा र बिक्रीदर ३४९ रूपैयाँ ८१ पैसा तोकिएको छ।