नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।