लगातार घटिरहेको नेप्से तीन महिना यताकै न्यून बिन्दुमा आइपुगेको छ।
आइतबार नेप्से २६.८७ अंकले घटेर १८८८.२७ बिन्दुमा बजार बन्द भएको छ।
यो गत पुस ३ गते यताकै न्यून बिन्दु हो। सो समय १८५१ बिन्दुसम्म पुगेर फर्किएको थियो। सो अघि पनि नेप्से १८१० बिन्दुबाट फर्किएको थियो।
कारोबारको अन्तिम समयमा नेप्से १८८२ बिन्दुमा पुगेर फर्किएको छ।
यसले बजारमा कम मूल्यमा सेयर आएपछि खरिदारी बढेको संकेत गर्छ।
आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन १ अर्ब ३८ करोड ७० लाख ८७ हजार ७९९ रुपैयाँरुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँ पुगेको छ।
आइतबार २५९ वटा धितोपत्रको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच भएको हो।
आइतबार माया खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
यसदिन उक्त कम्पनीको सेयरमूल्य ३५३ रुपैयाँ ३० पैसा पुगेको छ।
यस्तै, एशियन हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३६१ रुपैयाँ ४० पैसा पुगेको छ।
यसैगरी, यस दिन तीन वटा लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।
जीवन विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त र युनिक नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य क्रमशः १ हजार ५३० रुपैयाँ, २ हजार ५५ रुपैयाँ र १ हजार ६२० रुपैयाँमा झरेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक ४.७७ प्रतिशतले घटेको छ।
यस्तै, लघुवित्त समूहको परिसूचक ३.८४ प्रतिशत, व्यापार समूहको परिसूचक २.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.०१ प्रतिशतले घटेको छ।
यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता १ हजार ८४३ रुपैयाँमा ८ करोड ६२ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.६१ प्रतिशत घटेको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ६८७ रुपैयाँमा ७ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।