मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै चैत महिनामा विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरू सम्पन्न गरेको छ।
बैंकले पोखरा महानगरपालिका-२६, ढलेपिपल स्थित भूतपूर्व सैनिक कृषि समुहलाई फोहोरमैलाको अल्पकालिन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टबिन एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ।
यस्तै, बैंकले ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्ने सम्बन्धी जनचेतनामुलक सन्देशमुलक बोर्डहरू हस्तान्तरण गरेको छ।
साथै, बैंकले घोराही उप–महानगरपालिका–१६, तेरोटे, दाङ स्थित जेष्ठ नागरिक सरोकार केन्द्रलाई सिसिटिभी क्यामेरा जडानको लागि सहयोग गरेको छ भने विदुर नगरपालिका वडा नं ९ पिपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न बैंकले पिपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग समेत गरेको छ।
यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ।
साथै, बैंकले 'मुक्तिनाथ विशिष्ट सहज कर्जा'योजना अन्तर्गत २ करोड रुपैयाँसम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण/खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, सेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरू सम्पूर्ण आवश्यक कागजातहरू पूरा गरेको ३ कार्य दिन भित्र सर्वसुलव ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको छ।