एभरेस्ट बैंकले मार्च २० देखि २६ सम्म आयोजित 'ग्लोबल मनी वीक, २०२३' सम्पन्न गरेको छ।
बैंकले सातै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनी वीक, २०२३ मनाएको हो।
कार्यक्रमबाट युवा अवस्थादेखि नै बुद्धिमानीपूर्वक पैसा व्यवस्थापन गर्न सिक्न, भविष्यका लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पुर्याउने मद्दत गर्ने विश्वास बैंकले लिएको छ।
साथै किशोरकिशोरी तथा युवायुवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो।
पन्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहक छन्। यसले देशैभरि छरिएका १२४ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
एभरेस्ट बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट पनि सेवा दिँदै आएको छ।