लगातार घटेको नेप्से परिसूचकले १८५० बिन्दु आसपास टेवा पाएसँगै बजार बढेको हो।
गत पुस ३ गते पनि नेप्सेले १८५१ बिन्दुमा टेवा पाएर फर्किएको थियो।
सोमबार नेप्से १७.७० अंकले बढेर १९०६ बिन्दुमा आइपुगेको छ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँ पुगेको छ।
यस दिन २६१ वटा धितोपत्रको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर किनबेच भएको हो।
सोमबार सुपर माई हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
यसदिन उक्त कम्पनीको सेयरमूल्य ४३० रुपैयाँ १० पैसा पुगेको छ।
यस्तै, एशियन हाइड्रोपावर र कालिन्चोक दर्शनको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमशः ३९७ रुपैयाँ ५० पैसा र १६२ रुपैयाँ ९० पैसा पुगेको छ।
यसैगरी, यस दिन नेशनल माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको सेयरमूल्य १ हजार ३८१ रुपैयाँ ५० पैसा पुगेको छ।
यस्तै, जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ८.३० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य १ हजार ८८५ रुपैयाँमा झरेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त समूहको परिसूचक ०.५१ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशतले बढेको छ।
यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता १ हजार ९०० रुपैयाँमा ५ करोड ९० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.०९ प्रतिशत बढेको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा जीवन विकास लघुवित्त रहेकोे छ। उक्त कम्पनीको एक हजार ४८९ रुपैयाँमा ४ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।