मंगलबार नेप्से परिसूचक १२.१० अंकले बढेको छ।
यस दिन नेप्से ०.६३ प्रतिशतले बढेर १९१८.१० बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँ पुगेको छ।
यस दिन २५८ वटा धितोपत्रको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार सुपर माई हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
यसदिन उक्त कम्पनीको सेयरमूल्य ४७३ रुपैयाँ १० पैसा पुगेको छ।
यस्तै, श्रीजनशील लघुवित्त र एशियन हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमशः एक हजार ३१३ रुपैयाँ ३० पैसा र ४३७ रुपैयाँ २० पैसा पुगेको छ।
यसैगरी, यस दिन तेह्रथुम पावरको सेयरमूल्य सर्वाधिक ३.१७ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको सेयरमूल्य ४२५ रुपैयाँ १० पैसा पुगेको छ।
यस्तै, मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य २.१५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३६८ रुपैयाँ ९० पैसामा झरेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक, वित्त र निर्जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशतले बढेको छ।
यस्तै, म्युचुअल फण्ड समूहको परिसूचक २.५३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.७५ प्रतिशतले बढेको छ।
यस दिन आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३९५ रुपैयाँमा ६ करोड १५ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.७७ प्रतिशत बढेको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमालयन डिष्टिलरी रहेकोे छ। उक्त कम्पनीको एक हजार ९८० रुपैयाँमा ५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।