सानिमा बैंकले ग्लोबल मनी विक २०२३ अभियान अन्तर्गत देशैभरीका शाखाहरूबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले चैत्र ६ गतेदेखि १२ गतेसम्म उक्त कार्यक्रम गरेको हो।
उक्त अवसरमा बैंकका कर्मचारीहरूलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो।
उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो।
वित्तीय साक्षरता अन्तर्गत देश भरिका शाखाहरूमार्फत छनौट गरिएका स्कुल तथा कलेजहरूमा बैंकिङ साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको हो।
साथै, बैंकले ग्लोबल मनी विक २०२३ को 'प्लान योर मनी, प्लान्ट योर फ्युचर' सम्बन्धित विषयवस्तुमा केन्द्रित भई युवाहरूमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको हो।
बैंकले विगतका वर्षहरूदेखि देशका सातै प्रदेशहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरूमार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
बैंकको सातै प्रदेशमा १३० कार्यालयहरू र १२३ एटिएम सञ्जालहरू सञ्चालनमा छन्।