सनराइज बैंकले पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनी वीक मनाएको छ।
देशभरीका शाखाहरू र सामाजिक सञ्जालमार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको बैंकले जनाएको छ।
बैंकले ग्लोबल मनी विकको यस वर्षको नारा 'प्लान योर मनी, प्लान्ट योर फ्युचर' लाई अगाडि राखी बैंकिङ सेवा, बचत, ऋण, विद्युतिय बैंकिङ सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयहरूलाई समावेश गरी देशभरीका विभिन्न १०० स्थानका युवाहरूलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो।
यस कार्यक्रमले युवाहरूमा वित्तीय साक्षरताको अभिवृद्धि, वित्तीय निर्णय गर्ने क्षमताको विकास, सानैदेखि बचत गर्ने बानी, बैंकिङ सेवा सुविधाको सही उपयोगिता, बैंकिङ विवरण अरुलाई दिँदा हुन सक्ने झमेला र ठगी लगायतका विषयको सचेतनाले उनीहरू र उनीहरूसँग जोडिएका परिवारको आर्थिक समृद्धिमा योगदान पुर्याउने बैंकको विश्वास छ।
बैंकले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा एटिएममार्फत ८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।