नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ।
प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धि सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले हस्ताक्षर गरेका हुन्।
उक्त इन्स्योरन्सको १ सय रूपैयाँ पार मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रूपैयाँ अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रूपैयाँको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ।