बुधबार नेप्से परिसूचक १.०२ अंकले बढेको छ।
यस दिन नेप्से ०.०५ प्रतिशतले बढेर १९१९.४२ बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँ पुगेको छ।
यस दिन २५८ वटा धितोपत्रको २५ लाख ३९ हजार ७४८ कित्ता सेयर किनबेच भएको हो।
बुधबार सुपरमाई हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
यसदिन उक्त कम्पनीको सेयरमूल्य ५२० रुपैयाँ ४० पैसा पुगेको छ।
यस्तै, कालिन्चोक दर्शनको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १८२ रुपैयाँ ७० पैसा पुगेको छ।
यसैगरी, यसदिन खप्तड लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.४१ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको सेयरमूल्य ९३१ रुपैयाँ पुगेको छ।
यस्तै, एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ३.३४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५७६ रुपैयाँ १० पैसामा झरेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, लगानी, लघुवित्त, निर्जीवन बीमा र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशतले बढेको छ।
बुधबार एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६८९ रुपैयाँमा ३ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सानिमा माई हाइड्रोपावर रहेकोे छ। उक्त कम्पनीको ३४० रुपैयाँमा ३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।