साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घटेको छ।
यस दिन नेप्से ०.५७ प्रतिशतले घटेर १९०८.५५ बिन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँ पुगेको छ।
यस दिन २५४ वटा धितोपत्रको २७ लाख ५० हजार ६५५ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार सुपरमाई हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
यसदिन उक्त कम्पनीको सेयरमूल्य ५७२ रुपैयाँ ४० पैसा पुगेको छ।
यस्तै, सिटिजन्स म्युचुअल फण्ड–२ को इकाइ मूल्य ६.८१ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ८ रुपैयाँ पुगेको छ।
यसैगरी, यसदिन आदर्श लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.०७ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको सेयरमूल्य एक हजार १६१ रुपैयाँ पुगेको छ।
यस्तै, जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ३.८६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ८७० रुपैयाँमा झरेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक ०.५० र ०.४२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यस दिन अन्य समूहको परिसूचक सर्वाधिक १.११ प्रतिशतले घटेको छ।
बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४१५ रुपैयाँमा ५ बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.९१ प्रतिशतले घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमालयन डिष्टिलरी रहेकोे छ। उक्त कम्पनीको एक हजार ९५१ रुपैयाँमा ३ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।