पछिल्लो समय बैंकिङ क्षेत्रमाथि भइरहेको हमलाले विदेशी ऋणदाताहरूमा नकारात्मक सन्देश गएको बैंकरहरूले बताएका छन्।
बिहीबार नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्।
'बैंकिङ क्षेत्रमाथि भएको हमलाले समग्र आर्थिक विकासलाई समस्या पर्छ,' संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, 'एउटा वा दुइटा बैंक माथिको आक्रमणको रुपमा मात्र यसलाई हेरिनु हुँदैन।'
पछिल्लो समय नेपाली बैंकहरूले पनि बाहिरबाट ऋण ल्याउने गरेको छन्। यस्ता घट्ना बढ्दै गए नेपाली बैंक प्रति विदेशी ऋणदाताहरूको विश्वास कम हुने केसीले बताए।
नेपालको सार्वभौम रेटिङ नभएको, प्रत्यक्ष विदेशी लगानी घटिरहेको समयमा यस्ता घट्नाले विदेशी लगानी तथा ऋण प्राप्तिमा थप समस्या हुने उनको भनाइ छ।