सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडिआरटी मिट २०२३ धुलिखेलमा सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा एमडिआरटी २०२३ का लागि मनोनित सम्पूर्ण एमडिआरटीहरूलाई सम्मान गर्नुका साथै सिओटी हुन सफल गौरब कुमार शाही र टिओटी कमल प्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै टिओटी घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाईकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गरेका थिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा सिओटी, टिओटी तथा एमडिआरटीहरूलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए।
सोही कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरूले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरेका थिए।
यस कार्यक्रमले आगामी वर्षहरूमा एमडिआरटी संख्या अझ वृद्धि गर्ने हौसला मिलेको कुरा सिओटी गौरव कुमार शाहीले जानकारी गराए।
सोही कार्यक्रममा टिओटी कमल प्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफू खटिने जानकारी गराए।
वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडिआरटीहरूको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न पे्ररित गरे।
चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहको कम्पनीले देशभर रहेका १८१ शाखा कार्यालयहरूबाट सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ।