हिमालयन बैंकले 'ग्लोबल मनी वीक २०७९' मनाएको छ।
नेपाल राष्ट्र बैंकबाट जारी सूचना अन्तर्गत चैत ६ गतेदेखि चैत १२ गतेसम्म 'ग्लोबल मनी वीक २०७९' का रूपमा मनाइने अवधिभर देशको सातै वटा प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ।
सो वित्तीय साक्षरता कार्यक्रम बैंकको प्रादेशिक कार्यालय र ती प्रदेश भित्रका बैंकका २४ वटा शाखा कार्यालयहरूले प्रादेशिक कार्यालयको समन्वयमा आयोजना गरेको हो।
उक्त कार्यक्रम विभिन्न कलेजका विद्यार्थी, अविभावक, शिक्षक, सामाजिक कार्यकर्ता, व्यवसायी, बैंकका ग्राहकलगायत सो स्थानका बासिन्दाहरूलाई बैंकिङबारे जानकारी दिँदै सम्पन्न गरिएको थियो ।
सो कार्यक्रममा उपस्थित सहभागीहरूलाई बैंक के हो, बैंकले प्रदान गर्ने विभिन्न सेवा–सुविधाहरू, बैंकिङ बारे आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने तरिका, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा लगायत सहुलियतपूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, कानुनीरुपमा गरिने रेमिटेन्सको प्रक्रिया, कानुन विपरीतको हुण्डी र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरूमा विस्तृत ज्ञान दिएका छन्।
सो कार्यक्रमले कार्यक्रममा सहभागी जनाउने सम्पूर्ण सहभागीहरूलाई भोलिका दिनमा बैंकमा गएर कुनै पनि बैंकिङ कार्य गर्न परेमा सहज हुने र सो ज्ञानले उनीहरूका व्यक्तिगत लगायत व्यवसायमा पनि उत्तिकै मद्दत पुग्नेछ भन्ने विश्वास बैंकले राखेको छ।